Aim and Objectives

संस्थाको उदेश्यहरु देहाय बमोजिम हुनेछन -
  1. यो संस्था विशुद्द मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ |
  2. भगवान गौतम बुद्धको शान्ति सन्देशलाई व्यवहार मा प्रयोग गर्ने / गराउने |
  3. भगवान गौतम बुद्धको उपदेशहरुको महत्व एवम उपयोगितालाइ विश्वसामु पुर्याउनका लागि आवश्यक पर्ने विभिन्न कार्य गर्ने / गराउने |
  4. बुद्ध धर्म र संस्कृतिको अभिबृद्दी गर्ने / गराउने |
  5. बुद्ध धर्म र संस्कृतिको अनुसन्धान र अन्वेषण गर्ने / गराउने |
  6. बुद्ध धर्म र संस्कृतिको अविबृदधि को लागि ति बिषयहरुका विविध विविध पक्षहरुमा निरन्तर रुपमा महोत्सव र प्रतियोगितात्मक कार्यक्रम संचालन गर्ने / गराउने |
  7. बुद्ध धर्म दर्शन र संस्कृतिलाइ व्यवहारमा लागु गर्न समय समयमा छलफल तथा प्रवचन कार्यक्रम , विचार गोष्ठी, सम्मेलन र भेला को आयोजना गर्ने |
  8. बुद्ध धर्म एबम संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका राष्ट्रिय र अन्तरास्ट्रिय व्यक्तित्वहरुलाइ सम्मानित गर्ने |
  9. बुद्ध धर्म संस्कृति र समाज सेवाको सम्बन्ध मा जनचेतना जगाउने |
  10. बुद्ध धर्म र सनातन देखि नेपालमा पालना गरिदै आएका अन्य धर्म को बीचमा धार्मिक सहिष्णुता कायम गरि धार्मिक एकता स्थापित गर्ने / गराउने |
  11. बुद्ध धर्मावलम्बी वृद्ध वृद्दा ,असहाय अनाथ अशक्त व्यक्तिहरुलाई आश्रय प्रदान गरि उनीहरु को शुक्खद भबिष्य को निर्माण गर्ने / गराउने |
  12. घर परिवार द्वारा प्रताडीत् ,उत्पीडित व्यक्ति हरु लाइ संरक्षण प्रदान गरि उनीहरु लाइ स्थापित गर्ने / गराउने |
  13. देश मा रहेका बुद्ध धर्मावलम्बीहरुको बीच मा मित्रता र एकता गर्ने / गराउने |
  14. संस्था मा आश्रित व्यक्ति हरुको आध्यात्मिक र भौतिक उन्नति को लागि अध्ययन, प्रशिक्षण,तालिम र रोजगारी को व्यबस्था गर्ने / गराउने |
  15. समाज मा घट्ने दैबी दुर्घटना ,प्राकृतिक प्रकोप , महामारी ,आर्थीक विपत्ति लगायत का घटना र बिषम परिस्थितिमा पिडित व्यक्तिहरुलाई उद्दार एवं सहयोग गर्ने / गराउने |
  16. बुद्ध धर्म र संस्कृति लाई राष्ट्रिय तथा अन्तरास्ट्रिय जगत मा प्रतिष्ठित तुल्याउने |
  17. गरिब तथा जेहेन्दार विध्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने |
  18. महिला बालबालिका र किशोर किशोरीहरुलाई बुद्ध धर्म र समाज सेवाको क्षेत्रमा आकर्षित तुल्याउने |
  19. विश्वलाई शान्तिको शन्देश दिन बुद्ध धर्मको दृष्टिकोणले महत्वपुर्ण रहेका नेपालका विभिन्न स्थानमा विहार,गुम्बा र चैत्यसमेत निर्माण गरि संस्थाप्रति आश्रित व्यक्त्तिहरुलाई आश्रय दिने |
  20. बुद्ध मार्गी मगर समुदायहरु को हक , हित र तिनीहरु को संस्कृति र परम्पराहरु को संरक्षण र सम्बर्द्धन गर्ने / गराउने |
  21. धर्म र जातिगत आधारमा गरिने भेदभाव लाई समाप्त गरि समानता , अहिंसा र सामाजिक न्यायको स्थापना गर्ने / गराउने |
  22. राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ-संस्थाहरुसंग समन्वय राखी भगवान गौतम बुद्धको शान्ति सन्देशको माध्यम द्दारा मात्र विश्वमा शान्ति स्थापना हुनसक्ने कुराप्रति सम्पूर्ण मानव समाजको ध्यानाकर्षित गर्ने / गराउने |
  23. बुद्ध शिक्षामा आधारित मगर संस्कार अनुसार वापा/मापा उत्पादन गर्ने / गराउने |

No comments:

Post a Comment