Friday, March 11, 2016
Saturday, February 13, 2016
उद्देश्य तथा कार्यक्रम
संस्थाको उदेश्यहरु देहाय बमोजिम हुनेछन -
- यो संस्था विशुद्द मुनाफा रहित, जनहितकारी सामाजिक संस्था हुनेछ |
- भगवान गौतम बुद्धको शान्ति सन्देशलाई व्यवहार मा प्रयोग गर्ने / गराउने |
- भगवान गौतम बुद्धको उपदेशहरुको महत्व एवम उपयोगितालाइ विश्वसामु पुर्याउनका लागि आवश्यक पर्ने विभिन्न कार्य गर्ने / गराउने |
- बुद्ध धर्म र संस्कृतिको अभिबृद्दी गर्ने / गराउने |
- बुद्ध धर्म र संस्कृतिको अनुसन्धान र अन्वेषण गर्ने / गराउने |
- बुद्ध धर्म र संस्कृतिको अविबृदधि को लागि ति बिषयहरुका विविध विविध पक्षहरुमा निरन्तर रुपमा महोत्सव र प्रतियोगितात्मक कार्यक्रम संचालन गर्ने / गराउने |
- बुद्ध धर्म दर्शन र संस्कृतिलाइ व्यवहारमा लागु गर्न समय समयमा छलफल तथा प्रवचन कार्यक्रम , विचार गोष्ठी, सम्मेलन र भेला को आयोजना गर्ने |
- बुद्ध धर्म एबम संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका राष्ट्रिय र अन्तरास्ट्रिय व्यक्तित्वहरुलाइ सम्मानित गर्ने |
- बुद्ध धर्म संस्कृति र समाज सेवाको सम्बन्ध मा जनचेतना जगाउने |
- बुद्ध धर्म र सनातन देखि नेपालमा पालना गरिदै आएका अन्य धर्म को बीचमा धार्मिक सहिष्णुता कायम गरि धार्मिक एकता स्थापित गर्ने / गराउने |
- बुद्ध धर्मावलम्बी वृद्ध वृद्दा ,असहाय अनाथ अशक्त व्यक्तिहरुलाई आश्रय प्रदान गरि उनीहरु को शुक्खद भबिष्य को निर्माण गर्ने / गराउने |
- घर परिवार द्वारा प्रताडीत् ,उत्पीडित व्यक्ति हरु लाइ संरक्षण प्रदान गरि उनीहरु लाइ स्थापित गर्ने / गराउने |
- देश मा रहेका बुद्ध धर्मावलम्बीहरुको बीच मा मित्रता र एकता गर्ने / गराउने |
- संस्था मा आश्रित व्यक्ति हरुको आध्यात्मिक र भौतिक उन्नति को लागि अध्ययन, प्रशिक्षण,तालिम र रोजगारी को व्यबस्था गर्ने / गराउने |
- समाज मा घट्ने दैबी दुर्घटना ,प्राकृतिक प्रकोप , महामारी ,आर्थीक विपत्ति लगायत का घटना र बिषम परिस्थितिमा पिडित व्यक्तिहरुलाई उद्दार एवं सहयोग गर्ने / गराउने |
- बुद्ध धर्म र संस्कृति लाई राष्ट्रिय तथा अन्तरास्ट्रिय जगत मा प्रतिष्ठित तुल्याउने |
- गरिब तथा जेहेन्दार विध्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने |
- महिला बालबालिका र किशोर किशोरीहरुलाई बुद्ध धर्म र समाज सेवाको क्षेत्रमा आकर्षित तुल्याउने |
- विश्वलाई शान्तिको शन्देश दिन बुद्ध धर्मको दृष्टिकोणले महत्वपुर्ण रहेका नेपालका विभिन्न स्थानमा विहार,गुम्बा र चैत्यसमेत निर्माण गरि संस्थाप्रति आश्रित व्यक्त्तिहरुलाई आश्रय दिने |
- बुद्ध मार्गी मगर समुदायहरु को हक , हित र तिनीहरु को संस्कृति र परम्पराहरु को संरक्षण र सम्बर्द्धन गर्ने / गराउने |
- धर्म र जातिगत आधारमा गरिने भेदभाव लाई समाप्त गरि समानता , अहिंसा र सामाजिक न्यायको स्थापना गर्ने / गराउने |
- राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ-संस्थाहरुसंग समन्वय राखी भगवान गौतम बुद्धको शान्ति सन्देशको माध्यम द्दारा मात्र विश्वमा शान्ति स्थापना हुनसक्ने कुराप्रति सम्पूर्ण मानव समाजको ध्यानाकर्षित गर्ने / गराउने |
- बुद्ध शिक्षामा आधारित मगर संस्कार अनुसार वापा/मापा उत्पादन गर्ने / गराउने |Visit Official Website
Wednesday, February 10, 2016
नेपाल मगर बुद्ध सेवा समाजको स्थापना
भगवान गौतम बुद्धको शान्ति संदेशको महत्व र उपयोगिताको व्यवहारमा
रुपान्तरित गरि बुद्ध धर्म, संस्कृति, दर्शन र सभ्यता पुनर्स्थापित नभएसम्म
राष्ट्रको सर्वान्गीण विकाश हुन र विश्वमा शान्ति कायम हुन नसक्ने
यथार्थलाई आत्मसात गरि बुद्ध धर्म र संस्कृतिको पुनरुत्थान गरि बुद्ध
धर्मवालाम्बिहरु को बीचमा एकता करी सनातान्देखी चली आएको मुलुकको अन्य
धर्मवालाम्बिहरुसंग धार्मिक सहिष्णुता र सदभाब स्थापित गर्न नेपाल सरकारको
सिमित स्रोत र साधनले मात्र असम्भब भएको कुरामा विश्वस्त भइ शान्तिका नायक
भगवान बुद्धको शान्ति-संदेश, बुद्ध धर्म, संस्कृति र समाज सेवाको
माध्यम्द्दरा नेपाल राज्यको सर्वान्गीं विकास गर्न र विश्वमा शान्ति
स्थापित गराउन विशुद्द समाज सेवाको भावनाले अभिप्रेरित एउटा गैरसरकारी
संस्थाको अपरिहार्य आवशेक्तालाई हृदय गमन गरी राष्ट्र निर्माणको महायज्ञ
पुरा गरि विश्वमा शान्ति स्थापित गराउने पवित्र उद्देश्यले मुलुकका विभिन्न
क्षेत्र, तह र तप्काका विविध पेशामा सम्बद्द मगर व्यक्तित्वोहरु मिति २०५७
साल चैत्र २८, २९ र ३० गते भएको प्रथम राष्ट्रिय भेलाको माग, सुझाब र
निष्कर्ष बमोजिम नेपाल मगर बुद्ध सेवा समाज नामक स्थापना गरिएको हो | (ने.म बु. से.स. विधान बाट साभार) Visit our Official Website
Subscribe to:
Posts (Atom)